बाढी र पहिरोले ५ वटा सडक अवरुद्ध, ३ वटा एकतर्फी
बुधबार, ०४ असार २०८२, १० : ५८

समाचार सारांश
- बाढीका कारण देशका विभिन्न ५ वटा सडक अवरुद्ध भएका छन्।
- सिन्धुपाल्चोकको अरनिको राजमार्ग पहिरोका कारण तीन ठाउँमा अवरुद्ध बनेको छ।
- डोल्पा, दार्चुला, धनकुटा, गुल्मी र जुम्लामा सडकखण्ड अवरुद्ध वा एकतर्फी बनेका छन्।
काठमाडौँ । बाढीका कारण विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ । यस्तै डोल्पास्थित भेरी करिडोर र दार्चुलास्थित गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।
यसैगरी धनकुटास्थित रवि राके भेडेटार सडक, गुल्मीस्थित कालीगण्डकी करिडोर र जुम्लास्थिति जुम्ला–मुगु सडकखण्ड एकदर्फी बनेको प्रहरीले बुधबार बिहान १० बजेर ४६ मिनेटमा फेसबुकमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन