असारमा केन्द्रीय समिति बैठक बोलाउनेबारे के भन्छन् माओवादी नेताहरू ?

समाचार सारांश
- माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असारभित्रै बस्नेमा नेताहरू अन्योलमा छन्। प्रवक्ताका अनुसार बैठकले महाधिवेशनबारे छलफल गर्नेछ।
- सचिवहरूका अनुसार पदाधिकारी बैठक र स्थायी समिति बैठक बोलाउनेबारे कुनै खबर आएको छैन, तर गृहकार्य भइरहेको छ।
- पार्टीले फागुन-चैतमा तराई-मधेस जागरण अभियान र बैतडीदेखि पोखरासम्मको अभियान सम्पन्न गरिसकेको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असारभित्रै बस्नेबारे नेताहरू अन्योलमा देखिएका छन् । उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले असारभित्र बैठक बस्न सक्ने सङ्केत गरे । अब बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन लगायत विषयमा छलफल हुने जानकारी दिए ।
‘केन्द्रीय समिति बैठक बसेपछि महाधिवेशन लगायतका सबै कुरामा गम्भीर छलफल र बहस हुन्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति समेतको स्पष्ट विश्लेषण गर्दै एउटा निष्कर्षमा पुग्छौँ’, उनले भने । सचिव लीलामणि पोखरेलले असारभित्रै बैठक बस्नेबारे अनविज्ञता व्यक्त गरे । पदाधिकारी बैठक बस्ने सम्बन्धमा पनि अहिलेसम्म खुमलटारबाट कुनै खबर नआएको उनले जानकारी दिए ।
‘अहिलेसम्म पदाधिकारी वा स्थायी समिति बैठक बस्ने सम्बन्धमा कुनै खबर आएको छैन । असारमा केन्द्रीय समिति बैठक बस्ने भनिएको हो । अब बस्ने बैठकले निर्णय गर्ला’, पोखरेलले भने । अर्का सचिव देवेन्द्र पौडेलले पदाधिकारी र स्थायी समिति बैठक बोलाउने सम्बन्धमा गृहकार्य भइरहेको बताए । ‘एक दुई दिनमा पदाधिकारी बैठक बोलाउने गरी गृहकार्य भइरहेको छ । तर अहिलेसम्म खबर आएको छ । पदाधिकारी बैठकपछि स्थायी समिति बैठक बस्छ । त्यसले नै केन्द्रीय समिति बैठक बोलाउँछ’, उनले भने ।
पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले असारमा केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारी गर्ने भनिएको थियो । त्यतिबेला उपमहासचिव जनार्दन शर्माले भदौ–असोजमा महाधिवेशनको मिति प्रस्ताव गरेका थिए । शर्माको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै बैठकले ६ महिना जागरण अभियान चलाउने ६ महिना महाधिवेशनको तयारी गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय समिति बैठकको निर्णय अनुसार माओवादीले फागुन–चैतमा पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान सम्पन्न गरिसकेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पहिलो चरणमा बैतडीदेखि पोखरासम्मको अभियान सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन