अस्ट्रेलियालेद्वारा एक्सलाई ४ लाख अमेरिकी डलर जरिवाना
काठमाडौँ । बाल दुर्व्यवहारसम्बन्धी मामिलामा भएको एउटा छानबिनमा सहयोग नगरेको भन्दै अस्ट्रेलियाको नियामकले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सलाई झन्डै ४ लाख अमेरिकी डलर जरिवाना तिराएको छ । एक्ससँग विज्ञापनदाताहरू तर्किरहेकै बेलामा अस्ट्रेलियाको यो निर्णयले कम्पनीलाई अर्को धक्का दिएको छ ।
एक्समा बाल दुर्व्यवहारजन्य सामाग्रीको पहिचान गर्न कम्पनीले कुन विधिको प्रयोग गर्ने गरेको छ र त्यस्ता सामाग्रीमा आवश्यक प्रतिक्रिया जनाउन कम्पनीलाई कति समय लाग्छ भन्ने समेतका प्रश्नहरूको उत्तर एक्सले दिएको थिएन । यस मामिलामा कम्पनीलाई ३ लाख ८६ हजार अमेरिकी डलर अर्थात् झण्डै ५ करोड १५ लाख रुपैयाँ बराबर जरिवाना तिर्न आदेश दिइएको हो ।
एलन मस्कले कम्पनी किन्नका लागि खर्च गरेको रकमको तुलनामा जरिवानाको आकार न्यून भए पनि जरिवानाको खबरले एक्सको प्रतिष्ठामा धक्का दिएको समाचारमा जनाइएको छ । मस्कले सन् २०२२ को अक्टोबरमा माइक्रोब्लगिङ वेबसाइट किने यता नै विज्ञापनदाताहरुले एक्सलाई विज्ञापन दिन कम गरेका थिए । यहीबिचमा इजरायलमा प्यालेष्टाइनी सशस्त्र समूह हमासको आक्रमण सम्बन्धी गलत सूचना प्रवाह रोक्न नसकेको आरोप एक्समाथि लागेको छ ।
यस मामिलामा प्रविधि सम्बन्धी कानुन उल्लङ्घन गरेको हुन सक्ने भन्दै हालै मात्र युरोपेली संघ (ईयू)ले एक्सलाई छानबिनको दायरामा ल्याएको छ ।
मस्क्ले ट्विटर किन्ने बित्तिकै कम्पनीले अस्ट्रेलियाको कार्यालय बन्द गरेको थियो । अस्ट्रेलियामा सन् २०२१ मा लागू भएको एउटा कानुन अन्तर्गत नियामकहरूले इन्टरनेट कम्पनीहरूलाई अनलाइन सुरक्षा अभ्यासबारे सूचना उपलब्ध गराउन निर्देशन दिन्छ । होइन भने जरिवाना तिर्न बाध्य बनाउन सक्छ । एक्सले जरिवाना तिर्न मानेन भने नियामकहरूले कम्पनीमाथि मुद्दै हाल्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण