शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी – जोश हेजलवुड (अस्ट्रेलिया)

सोमबार, २९ असोज २०८०, १२ : २७
सोमबार, २९ असोज २०८०

काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले निराशाजनक प्रदर्शन गरिरहँदा जोश हेजलवुडले मात्र टोलीलाई केही आशा दिएका छन् । २ खेलमा चार विकेट लिँदै उनले टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

हाल आईसीसीको एकदिवसीयको बलिङ वरीयतामा शीर्ष स्थानमा रहेका हेजलवुडलाई अस्ट्रेलियाको महान् बलर ग्लेन म्याग्रासँग तुलना गरिन्छ । सन् २०१० मा इंग्ल्याण्डविरुद्ध एकदिवसीयमा डेब्यू गरेका उनी सन् २०१५ को एकदिवसीय विश्वकप तथा सन् २०२१ को टी–२० विश्वकप विजेता अस्ट्रेलियन टोलीको सदस्य रहेका थिए ।

अनुभवी बलरले एकदिवसीयका ७६ खेलमा १२० विकेट लिइसकेका छन् । ५२ रन दिएर ६ विकेट लिनु उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । उनले टेस्ट क्रिकेटका ६३ खेलमा २३८ विकेट लिएका छन् भने टी–२० का ४१ खेलमा ५८ विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप