आईसीसी एकदिवसीय विश्वकप
प्रभाव पार्न सक्ने खेलाडी – जोश हेजलवुड (अस्ट्रेलिया)
सोमबार, २९ असोज २०८०, १२ : २७
काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले निराशाजनक प्रदर्शन गरिरहँदा जोश हेजलवुडले मात्र टोलीलाई केही आशा दिएका छन् । २ खेलमा चार विकेट लिँदै उनले टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।
हाल आईसीसीको एकदिवसीयको बलिङ वरीयतामा शीर्ष स्थानमा रहेका हेजलवुडलाई अस्ट्रेलियाको महान् बलर ग्लेन म्याग्रासँग तुलना गरिन्छ । सन् २०१० मा इंग्ल्याण्डविरुद्ध एकदिवसीयमा डेब्यू गरेका उनी सन् २०१५ को एकदिवसीय विश्वकप तथा सन् २०२१ को टी–२० विश्वकप विजेता अस्ट्रेलियन टोलीको सदस्य रहेका थिए ।
अनुभवी बलरले एकदिवसीयका ७६ खेलमा १२० विकेट लिइसकेका छन् । ५२ रन दिएर ६ विकेट लिनु उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । उनले टेस्ट क्रिकेटका ६३ खेलमा २३८ विकेट लिएका छन् भने टी–२० का ४१ खेलमा ५८ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण