प्रभाव पार्न सक्ने खेलाडी – दिल्सान मधुशंका (श्रीलंका)
सोमबार, २९ असोज २०८०, १२ : ४६

काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरू मध्ये एक हुन्, युवा बायाँ हाते तीव्र गतिका बलर दिल्सान मधुशंका ।
जारी विश्वकपका दुई खेलमा श्रीलंका दुवै खेलमा पराजित भएपछि २३ वर्षीय दिल्सानले सर्वाधिक ४ विकेट लिन सफल भएका छन् । उनले गत जनवरी १० मा मात्र भारतविरुद्ध डेब्यू गरेका हुन् । उनले पहिलो विकेटका रूपमा रोहित शर्मालाई आउट गरेका थिए ।
आठ एकदिवसीय खेलमा उनले १४ विकेट लिएका छन् । जसमा १५ रन दिएर ३ विकेट लिनु उनको उत्कृष्ट बलिङ प्रदर्शन हो । उनले ११ टी–२० खेलमा १२ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा
-
इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका
-
१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण
-
सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप