प्रभाव पार्न सक्ने खेलाडी – दिल्सान मधुशंका (श्रीलंका)
सोमबार, २९ असोज २०८०, १२ : ४६
काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरू मध्ये एक हुन्, युवा बायाँ हाते तीव्र गतिका बलर दिल्सान मधुशंका ।
जारी विश्वकपका दुई खेलमा श्रीलंका दुवै खेलमा पराजित भएपछि २३ वर्षीय दिल्सानले सर्वाधिक ४ विकेट लिन सफल भएका छन् । उनले गत जनवरी १० मा मात्र भारतविरुद्ध डेब्यू गरेका हुन् । उनले पहिलो विकेटका रूपमा रोहित शर्मालाई आउट गरेका थिए ।
आठ एकदिवसीय खेलमा उनले १४ विकेट लिएका छन् । जसमा १५ रन दिएर ३ विकेट लिनु उनको उत्कृष्ट बलिङ प्रदर्शन हो । उनले ११ टी–२० खेलमा १२ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण