आज मधेस प्रदेशसभा बैठक बस्दै
जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्दैछ। एक सातापछि आज दिउँसो २ बजेका लागि बैठक आव्हान गरिएको हो । करिब तीन महिनापछि असोज २३ गते छोटो समय प्रदेशसभा बैठक बसेको थियो ।
त्यसपछि दोश्रो अधिवेशनको दोश्रो बैठक आज बस्ने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए।
गत असार ३१ गते मधेस प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले पहिलो अधिवेशनको अन्त्य गरेसँगै करिब तीन महिना पूर्ण बैठक बस्न सकेको थिएन । असोज २३ गते प्रदेशसभाको दोश्रो अधिवेशनको पहिलो बैठक बसेको हो । त्यसअघि भदौ २६ गते प्रदेशसभा सदस्य बिन्दुकुमारी यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको थियो ।
असोज २० गते बसेको बैठकले दक्षिण इजरायलमा हमास समूहको आक्रमणबाट मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्य लाभाको कामना गरेको थियो । सोही बैठकबाट मधेस प्रदेशसभा सदस्यको स्थान रिक्तताबारे सूचित समेत गरिएको थियो ।
आजको बैठकमा प्रदेश कृषि तथा भूमि व्यवस्थापन समिति र प्रदेश मामिला समितिको सभापतिको निर्वाचन मिति तोक्ने लगायतका कार्यसूची रहेको प्रदेश सचिव यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण