सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फेस्टिबल मुडमा लगानीकर्ता, नेप्से सूचक २३ अंकले घट्दा १ अर्ब २५ करोडको कारोबार

सोमबार, २९ असोज २०८०, १६ : ००
सोमबार, २९ असोज २०८०

काठमाडौँ । नेपालीहरुको मुख्य चाड दसैँ सुरु भएसँगै यसको असर यता सेयर बजारमा पनि देखिन थालेको छ । फेस्टिबल मुड लगानीकर्ताहरुले सेयर किन्न भन्दा बेच्न थालेसँगै नेप्सेको गिरावट थप बढ्न गएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार परिसूचक नेप्से २३.१६ अंकले घट्दै १८ सय ५१.४३ विन्दुमा झर्न पुगेको हो । नेप्से सूचक २३ अंकमाथिले घट्दैगर्दा यता १ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ४८ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ । 

आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । होटल तथा पर्यटन समूहको उपसूचक र हाइड्रोपावर समूहको उपसूचक क्रमशः २.०४ प्रतिशत र २.०२ प्रतिशतले घटेका छन् भने माइक्रोफाइनान्स समूहको उपसूचक १.५८ प्रतिशतले घटेको छ । अरु उपसूचकहरु २ प्रतिशत कमले घटेका छन् । 

आज सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ७.८७ प्रतिशतले कमाएका छन् भने सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप