फेस्टिबल मुडमा लगानीकर्ता, नेप्से सूचक २३ अंकले घट्दा १ अर्ब २५ करोडको कारोबार
काठमाडौँ । नेपालीहरुको मुख्य चाड दसैँ सुरु भएसँगै यसको असर यता सेयर बजारमा पनि देखिन थालेको छ । फेस्टिबल मुड लगानीकर्ताहरुले सेयर किन्न भन्दा बेच्न थालेसँगै नेप्सेको गिरावट थप बढ्न गएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार परिसूचक नेप्से २३.१६ अंकले घट्दै १८ सय ५१.४३ विन्दुमा झर्न पुगेको हो । नेप्से सूचक २३ अंकमाथिले घट्दैगर्दा यता १ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ४८ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । होटल तथा पर्यटन समूहको उपसूचक र हाइड्रोपावर समूहको उपसूचक क्रमशः २.०४ प्रतिशत र २.०२ प्रतिशतले घटेका छन् भने माइक्रोफाइनान्स समूहको उपसूचक १.५८ प्रतिशतले घटेको छ । अरु उपसूचकहरु २ प्रतिशत कमले घटेका छन् ।
आज सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ७.८७ प्रतिशतले कमाएका छन् भने सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण