देशको जिम्मा माओवादीले लिन्छ : विप्लव
सोमबार, २९ असोज २०८०, १६ : ४१
१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको जिम्मा माओवादीले लिनुपर्ने बताएका छन् । सोमबार समाजवादी मोर्चाले सुदूरपश्चिमको धनगढीमा आयोजित सन्देशसभामा बोल्दै उनले माओवादीबाहेक अन्यले जिम्मा लिन नसक्ने जिकिर गरे ।
‘देशलाई दुःख परेको छ । जनतालाई दुःख परेको छ । पहिले पनि युद्धबाट माओवादीले जवाफ दिएको छ’, उनले भने, ‘अहिले पनि देशको जिम्मा माओवादीले नै लिनुपर्छ । कम्युनिस्टहरूले लिनुपर्छ । समाजवादी मोर्चाले लिनुपर्छ । समस्या पर्दा काँध थाप्ने भनेको माओवादीले हो । कम्युनिस्टहरूले हो ।’
अहिले देशको राजनीति जटिल मोडमा पुगेको भन्दै आफूहरूले सचेतापूर्वक जिम्मा लिएर जवाफ दिने उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण