सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निफ्राले पनि काउन्टरसाइकल बफरको ०.५ प्रतिशत मेन्टेन गर्नुपर्ने

सोमबार, २९ असोज २०८०, १७ : १९
सोमबार, २९ असोज २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक (निफ्रा) लाई पनि काउन्टरसाइकल बफरका लागि बाध्यकारी बनाएको छ । केन्द्रीय बैंकले सोमबार एक निर्देशन जारी गर्दै ०.५ प्रतिशत काउन्टरसाइकल बफर मेन्टेन गर्न भनेको हो । 

यसअघि यस्तो व्यवस्था थिएन । आर्थिक वर्ष २०८०/८१ भित्र समय सीमा नै तोकेर काउन्टरसाइकल बफरको सीमा कायम गर्न केन्द्रीय बैंकले निर्देशन जारी गरेँसगै निफ्रालाई प्राथमिक पुँजी वृद्धिमा चाप परेको छ । 

यस्तै, बैंकको कर्जा लगानीको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्ने सुविधासहित ऋणीको व्यक्तिगत स्थायी नम्बर (प्यान) राख्न समेत बैंकले निफ्रालाई निर्देशन गरेको छ । 

पूर्वाधार विकास बैंकले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, इँटा/ब्लक, पाईप्स् एण्ड फिटिक्स् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिलो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी बाँकी कर्जाको पुनरतालिकीकरण/पुनरसंरचना गर्न सकिने बैंकले जनाएको छ । 

यस्तो कर्जा २०८० पुस मसान्तभित्र पुनरतालिकीकरण वा पुनरसंरचना गरिसक्नुपर्ने, २०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने बैंकले व्यवस्था गरेको छ भने उपयुक्त बमोजिम पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने बैंकले जनाएको छ । 

तर, यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप