प्रतिक्रान्तिकारीहरूलाई परास्त गरेरै छाड्छौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्टाउने शक्तिहरू परास्त गरेर छाड्ने जिकिर गरेका छन् । परिवर्तनबाट प्राप्त उपलब्धिलाई विभिन्न रुपमा उल्ट्याउने षड्यन्त्र भइराखेकाले ती तत्वहरूको डिजाइनलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाएका हुन् ।
सुदूरपश्चिम समाजवादी मोर्चाले सोमबार गरेको सन्देश सभामा बोल्दै उनले भने,‘देशको विभिन्न भागमा धार्मिक, सामुदायिक विद्वेष फैलाउन प्रतिक्रान्तिकारीहरूको ठुलो डिजाइन छ । ती त्यतिकै भएका घटना होइन । त्यसका पछाडि ठूलो डिजाइन छ । लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने, देशमा अराजकता सिर्जना गर्ने, स्वैस्चाचारी र निरंकुश शासनतर्फ देशलाई फर्काउने, नयाँ भूमरीतिर नेपाललाई हाल्ने डिजाइन छ’, उनले भने ।
प्रतिक्रान्तिकारीको षड्यन्त्रलाई परास्त गर्न फेरि समाजवादी पार्टीहरू एकजुट हुनुपर्ने उनले बताए । समाजवादीहरू शक्तिहरू एकजुट हुन नसके त्यस्ता प्रवृत्तिले टाउको उठाउन सक्ने खतरा रहेको उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण