प्रधानमन्त्री प्रचण्डले दिए सडकमा लाखौं जनता उतार्ने चेतावनी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको सन्देश सभा सकिएपछि सडक संघर्ष चर्काउने बताएका छन् । सोमबार सुदूरपश्चिमको धनगढीमा मोर्चाले गरेको सभालाई सम्बोधन गर्दै सडक संघर्ष चर्काउने बताएका हुन् ।
छिट्टै मोर्चाको बैठक बसेर समीक्षा गरी संघर्षका लागि जनपरिचालन गर्ने उनले चेतावनी दिए ।
‘मदेसदेखि सुदूरपश्चिमसम्म भएका सन्देशसभा रियल्सन मात्र हो । छिट्टै मोर्चाको बैठक बसेर अहिलेसम्म भएका कामको समीक्षा गर्छौँ । म चाहन्छु प्रतिक्रान्तिकारीको विरुद्ध देशभर ठूला सहरमा जनपरिचालन तुरुन्त गर्न जरुरी छ’, चुनौती दिँदै उनले भने, ‘परिवर्तन विरोधी, स्वैच्छाचारी, अराजकतावादीहरू सडकमा आएर क्रान्तिकारी र परिवर्तनकारीलाई चुनौती दिएका छन् । तीनका विरुद्ध लाखौं जनता र कार्यकर्ता सडकमा ल्याएर चुनौती दिन जरुरी छ ।’
जनपरिचालनको कार्यक्रम बनाउन लागेको जानकारी दिँदै उनले त्यसकै तयारीमा जुट्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण