तीनै तहका सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्छ : कांग्रेस नेता शाह
बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री भरतकुमार शाहले कृषिमा आत्मनिर्भर बनाउन तीनै तहका सरकारले एकीकृत कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
नेपाल किसान महासंघ लुम्बिनी प्रदेशले बुटवलमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शाहले सरकारले कृषिलाई प्राथमिकता राख्दै आत्मनिर्भर बनाउनुपर्ने बताए ।
उनले कृषिमा आत्मनिर्भर बनाउँदा समग्र देशको अर्थतन्त्र नै सकारात्मक रूपमा अगाडि जाने भन्दै कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
‘हामीले कृषिमा केही सुधार गरेका छौँ, तर अझै जति उत्पादन हुनुपर्ने हो, त्यो भएको अवस्था छैन,’ उनले भने, ‘त्यसमा सरकारले किसान मैत्री नीति ल्याउनुपर्छ ।’
उनले सिँचाइ, मल, बजारीकरण, भण्डारण आदिको व्यवस्थापन राज्यले नगर्दा कृषि क्षेत्रमा समस्या भएको बताए ।
उनले संघीयता आफैँमा खराब व्यवस्था नभएको तर केही खर्चको विषयमा व्यवस्थापन गर्नुपर्ने बताए ।
‘संघीयताले सिंहदरबारको अधिकार प्रदेश, स्थानीय तहमा आएको छ, त्यसलाई प्रयोग गर्ने हो, विरोध गर्ने होइन,’ उनले भने, ‘हिजो एक लाख रुपैयाँको बजेट माग्न काठमाडौँ जाने जनतालाई अहिले प्रदेश र स्थानीय तहबाट सहज रूपमा बजेट प्राप्त गर्न सकेका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’
नेपाल किसान संघ लुम्बिनी प्रदेशका अध्यक्ष वेग बहादुर कुँवरको अध्यक्षता भएको कार्यक्रमका नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी, रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाला गिरी, नेपाली कांग्रेसकी नेतृ रिता सेन, भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर क्षेत्री लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण