शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता प्रदान

मङ्गलबार, ३० असोज २०८०, ०९ : ५२
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरे । 

जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा र जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष बद्रि केसी  नागरिकता जारी गरेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई  सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप