कुल आचार्यलाई पहिलो गैरआवासीय नागरिकता प्रदान
मङ्गलबार, ३० असोज २०८०, ०९ : ५२
१
काठमाडौँ । गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरे ।
जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा र जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष बद्रि केसी नागरिकता जारी गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण