दसैँ–तिहारको मुखमा मरमसलाको महँगी ४५.४६ प्रतिशत रहेको केन्द्रीय बैंकको दाबी
काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेकोमा यो वर्ष केही कमी रहेको बैंकले जनाएको हो ।
तथापि, मुख्य चाडपर्व दसैँ–तिहार तथा छठकै मुखमा (भदौमा) खाद्य तथा पेय पदार्थ समूह अन्तर्गतको मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने ४५.४६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, समीक्षा महिनामा चिनी तथा चिनीजन्यवस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत,खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्धपदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेण्ट तथा होटलको १०.९६ प्रतिशतले बढेको बैंकले जनाएको छ । समीक्षा महिनामा ध्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०८ प्रतिशतले घटेको बैंकको भनाइ छ ।
यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथासंस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यसूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.११ प्रतिशत र फर्निसिब तथा घरायसीउपकरणहरुको ६.५९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.१८ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण