सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३.१८ अंकको सुधार आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्सेमा अन्तिम समयमा केही करेक्सन देखिएपनि दोहोरो अंकले बढेर रोकिएको हो ।
वाणिज्य बैंकहरुले ब्याजदर सामान्य घटाएको दिन परिसूचक ०.७१ प्रतिशतले बढेको छ ।
यसक्रममा आज नेप्सेमा ३८ लाख कित्ता बराबरको १ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, ५७ कम्पनीको सेयर घट्दा ७ कम्पनीको स्थिर छ भने १७३ कम्पनीको वृद्धि भएको छ । परिसूचक बढेपनि आज एनआईबीएल प्रगति फण्डको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले मात्रै बढेको छ ।
यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्यमा ८.५३ प्रतिशतको गिरावट आएको छ । आज यही कम्पनीको सेयर सबैभन्दा धेरैको कारोबार भएको छ । आज हाथवे इन्भेष्टमेन्टको सेयर ४ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो ।
परिसूचक बढेपनि तीन समूहको सेयरमा भने गिरावट आएको छ । आज होटल र टुरिजम, निर्जीवन बीमा र व्यापार समूहमा गिरावट आएको हो । यसबाहेक, अन्य सबै समूहको सूचक वुद्धि भएको छ । जीवन बीमा समूह ८८ अंकले बढ्दा लघुवित्त समूहको सूचक २८ अंकले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण