नवीकरणीय ऊर्जा परियोजनामा दिगो वित्त र सामाजिक द्वन्द्व व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दिगो वित्तीय उपकरण (Sustainable Finance Instruments) व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
मेरियट होटल काठमाडौँमा असोज २९ र ३० गते आयोजना गरिएको उक्त कार्यक्रममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
दुई दिने तालिमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीहरुको क्षमता वृद्धिका लागि आईसीएच र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँगको सहकार्यमा आयोजना गरिएको दिगो वित्तीय उपकरण सम्बन्धी तालिमले नवीकरणीय ऊर्जाको क्षेत्रमा वित्त व्यवस्थापनमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दिगो वित्त व्यवस्थापनका लागि यो तालिम आयोजना गरिएको बताइन् ।
सामाजिक-पर्यावरण द्वन्द्व व्यवस्थापनमा ५ दिने तालिम इप्पान र आईसीएचकै सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक-पर्यावरण द्वन्द्व व्यवस्थापन (Prevention, Management and Transformation of Socio-Environmental Conflicts in Renewable Energy Projects) सम्बन्धी ५ दिने तालिम पनि केहि दिन अघि मात्र सम्पन्न भएको छ ।
चन्द्रागिरी हिल्स रिसोर्ट काठमाडौमा असोज २२ देखि २६ गतेसम्म आयोजना भएको तालिममा स्थानीय र पर्यावरण सम्बन्धी द्वन्द्व व्यवस्थापनका वारेमा आईसीएचका तर्फबाट दर्जनौ पेपरहरु प्रिजेन्टेसन गरिएको थियो ।
उक्त तालिममा नेपालको ऊर्जा क्षेत्रमा सक्रिय १५ जना र फिलिपिन्सका ३ जना ऊर्जा उद्यमीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई इप्पानकी सचिव कविता पोखरेलले प्रमाणपत्र वितरण गरेकी थिइन् ।
इप्पान र आईसीएचबीच विगत डेढ दशकदेखि नवीकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण