रुसमा पुराना कारको बिक्री सेप्टेम्बरमा १०.९ प्रतिशतले वृद्धि
मङ्गलबार, ३० असोज २०८०, २१ : ५६
भ्लादिभोस्टक । रुसमा प्रयोग भएका कारको बिक्री गत सेप्टेम्बर महिनामा १०.९ प्रतिशतले बढेर ५ लाख ९ हजार ५०० वटा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
विश्लेषणात्मक एजेन्सी अटोस्ट्याटको तथ्याङ्कलाई उद्धृत गर्दै प्रतिवेदनले रुसमा जनवरीदेखि २०२३ सेप्टेम्बर सम्ममा कुल ४३ लाख वटा बिक्री भएको जनाएको छ जुन २०२२ को सोही अवधिको तुलनामा २३.६ प्रतिशतले बढी हो ।
सेप्टेम्बरमा ११५, ३०० वटा बिक्री भएको छ जुन एक वर्ष अघिको तुलनामा ८.४ प्रतिशतले बढेको छ। यस वर्षको पहिलो नौ महिनामा लाडा ब्रान्डले ९३१, ५०० वटा प्रयोग भएका कारहरू बेचेको छ जुन वार्षिक रूपमा ८.६ प्रतिशतले बढेको हो।
यसैगरी सबैभन्दा लोकप्रिय दोस्रो ब्रान्ड टोयोटा, जसको बिक्री सेप्टेम्बरमा १३.७ प्रतिशतले बढेको थियो र जनवरी-सेप्टेम्बर अवधिमा ५१७,६०० वटा बिक्री भएको थियो ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण