कोरला नाका निरीक्षण गर्न पुगे प्रधानमन्त्री प्रचण्ड
बुधबार, ०१ कात्तिक २०८०, ०८ : ३२
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरला नाकाऽ मुक्तिनाथ र कागबेनीकाे निरीक्षण गरेका छन् । मुस्ताङका नागरिकसँग जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्न मुस्ताङ पुगेका उनी नाका निरीक्षणका लागि गएका हुन् ।
उनी ८ बजेतिर नेपाली सेनाको हेलिकोप्टर मार्फत जोमसोम अवतरण गरेका थिए । त्यहाँ उनलाई मुस्ताङे जनताले भव्य स्वागत गरेका छन्। कोरला निरीक्षण गरेर फर्किएपछि जोमसोममा जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ ।
गत साउन २८ गते कागबेनीमा बाढी आएको थियो । नेपालकै सबैभन्दा कम पानी पर्ने कागबेनीमा बाढी आएपछि विश्व समुदायको ध्यानाकर्षण भएको छ । मुस्ताङ रेन स्याडो जोन हो । तर आजभोलि वर्षा धेरै हुन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण