सिंगटीबाट सुन बरामद गर्ने इन्स्पेक्टर लामा बागमती प्रदेशको उत्कृष्ट अनुसन्धानकर्ता
काठमाडौँ । इलाका प्रहरी कार्यालय सिंगटी दोलखामा कार्यरत प्रहरी निरिक्षक विक्रम लामा उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले उनलाई पुरस्कृत गरेको हो ।
असोज ११ मा इन्स्पेक्टर लामा नेतृत्वको टिमले सिंगटीबाट ४ किलो सुन बरामद गरेको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ किलो र तेस्रो पटक लामाबगरबाट ढुंगामुनी लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद भएको थियो ।
दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुनको भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट ल्याएको प्र्रहरीको अनुसन्धान निष्कर्ष छ । सुन प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर लामालाई उत्कृष्ट अनुसन्धाननकर्ताको पुरस्कार प्रदान गरिएको बागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट व्यवस्थापकका रुपमा धादिङका एसपी गौतम मिश्र, उत्कृष्ट विपद् व्यवस्थापकको अवार्डबाट बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडामा कार्यरत सहायक हवल्दार सुमन रायमाझी र उत्कृष्ट बाह्य प्रशिक्षकबाट जवान लक्ष्मीकुमारी थारुलाई पुरस्कृत गरिएको छ ।
उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्राविधिक प्र्रहरी जवान सविन कुमार र उत्कृष्ट कार्यालय सहयोगी तर्फ सन्तोष राना मगर पुरस्कृत भएका छन् । मकवानपुरका एसपी सिताराम रिजाललाई प्रशंसापत्र प्रदान गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उत्कृष्ट प्रहरीहरुलाई पुरस्कृत गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण