दुई महिनामा बैंकहरुले कमाए १६ अर्ब ६४ करोड नाफा !
काठमाडौँ । नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको दुई महिनामा १६ अर्ब ६४ करोड रुपैयाँमाथि नाफा आर्जन गर्न सफल भएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको साउन र भदौ महिनाको वित्तीय रिपोर्ट अनुसार २० वटा वाणिज्य बैंकहरुले यस अवधिमा कूल १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
सर्वाधिक १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाउँदै ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रहन सफल भएको छ भने समीक्षा अवधिमा सबैभन्दा कम २७ करोड २९ लाख ९० हजार रुपैयाँ नाफा कमाएर नेपाल एसबीआई बैंक २० वटा वाणिज्य बैंकहरुको अन्तिममा रहेको छ ।
धेरै नाफा आर्जन गर्ने बैंकहरुको दोस्रो नम्बरमा रहेको नबिल बैंकले २ महिनामा १ अर्ब ५६ करोड ४५ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समीक्षा अवधिमा १ अर्ब ४८ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएर तेस्रो स्थान सुरक्षित गरेको छ भने१ अर्ब २३ करोड २४ लाख ८० हजार रुपैयाँ नाफा कमाएर हिमालयन बैंक चौथो स्थानमा रहन सफल भएको छ ।
यस्तै, कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख २० हजार रुपैयाँ नाफा कमाएर छ ।
समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड ५१ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख ९ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकले ८३ करोड ६५ लाख ५० हजार रुपैयाँ, एनआईसी एसिया बैंकले ८० करोड ५५ हजार रुपैयाँ नाफा कमाएका छन् ।
समीक्षा अवधिमा एनएमबि बैंकले ७६ करोड ७० लाख ३ हजार नाफा कमाउँदा यता एभरेष्ट बैंकले७१ करोड २५ लाख ९० हजार रुपैयाँ, नेपाल बैंकले ७० करोड ७१ लाख ४० हजार रुपैयाँ, प्रभु बैंकले ६६ करोड ४१ लाख ७० हजार रुपैयाँ, कृषि विकास बैंकले ६१ करोड ५६ लाख ३० हजार रुपैयाँ नाफा कमाएका छन् ।
यसैगरी सानिमा बैंकले ५१ करोड२० लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख ८० हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ लाख ८० हजार रुपैयाँ, स्ट्याण्डर्ड चाटर्ट बैंकले ४८ करोड ४५ लाख २० हजार रुपैयाँ र सिटिजन्स बैंकले ४४ करोड ३१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण