बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

कार्कीलाई एमालेले गठबन्धनको मुख्यमन्त्री बनाएकोमा पूर्व मुख्यमन्त्री राईले दिए धन्यवाद

बुधबार, ०१ कात्तिक २०८०, १४ : ०३
बुधबार, ०१ कात्तिक २०८०

विराटनगर । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । बुधवारको प्रदेशसभा बैठकमा बोल्दै एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मध्यावधि निर्वाचनबाट जोगाउन कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका हुन् ।

साथै कार्कीलाई एमालेले मुख्यमन्त्री बनाएको धन्यवाद समेत दिए । एमालेले मुख्यमन्त्री बनाए पनि कार्की गठबन्धनको मुख्यमन्त्रीको भूमिकामा रहने विश्वास व्यक्त गरे । 

‘हामीले गठबन्धनको मुख्यमन्त्री बनाउन सकिरहेका थिएनौ । अहिले एमालेले नै गठबन्धनको मुख्यमन्त्री बनाइदिएकोमा एमालेलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु’, राईले भने, ‘विश्वासको मत हामी गठबन्धनले नै दिने भएका छौ ।’ उनले वर्तमान सरकारले कोशी प्रदेशको नामकरणबारे सरकारले ध्यान दिने अपेक्षा गर्दै विगतमा सरकारले काटेका योजनाहरूबारे सोच्नुपर्ने बताए ।

त्यसक्रममा राईले प्रदेशसभामा भएका दुखान्त र बिर्सन लायक अभ्यासले प्रदेश सभाको मर्यादा धुमिल र धुलिसात हुँदै गएको पनि बताए । प्रदेशसभाको आत्मा कोमामा पुगिसकेको  भन्दै राईले भने, ‘प्रदेशसभा विघटन भएर, मध्यावधिमा गएर फ्रेस जनमत ल्याएर यसलाई पुनर्जीवित गर्नुपर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप