न्युजिल्यान्डले अफगानिस्तानलाई दियो दुई सय ८९ रनको लक्ष्य
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको बुधबारको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई जितका लागि दुई सय ८९ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ८८ रन बनाएको हो ।
न्युजिल्यान्डका लागि तीन ब्याट्सम्यानले अर्धसतकीय पाली खेले । ओपनर विल यङले ५४ रन बनाए । उनले ६४ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए । अर्का ओपनर डेभोन कनवे भने २० रनमै पेभेलियन फर्किएका थिए । त्यसपछि विल यङ र रचिन रविन्द्रले न्युजिल्यान्डको स्कोरलाई एक सय नौ रनको स्थितिसम्म पुर्याएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान रचिन पनि ४१ बलमा एक छक्का र दुई चौकाको मद्दतले ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
चौथो नम्बरमा क्रिज समाल्न आएका ड्यारेल मिचेल भने एक रनभन्दा अगाडि बढ्न सकेनन् । एक सय १० रनको कुल स्कोरमा चार विकेट गुमाएको न्युजिल्यान्डका लागि टम ल्याथम र ग्लेन फिलिप्सले एक सय ४४ रनको साझेदारी गरे । न्युजिल्यान्डका लागि यो साझेदारी निकै महत्वपूणर् रह्यो । कप्तान ल्याथमले ६८ रन बनाए । उनले ७४ बलमा दुई छक्का र तीन चौका हिर्काए । फिलिप्सले भने टोलीका लागि ७१ रनको योगदान गरे । उनले ८० बलको सामना गरी चार छक्का र चार चौका प्रहार गरेका थिए ।
न्युजिल्यान्डका लागि तल्लोक्रमका ब्याट्सम्यान मार्क चापम्यानले अविजित २५ रनको योगदान गरे । उनले १२ बलमा एक छक्का र दुई चौका हिर्काए । अफगानिस्तानका बलर अजमतुल्लाह ओमाराजी र नविन उल हकले दुई—दुई विकेट लिए । मुजिब उर रहमान र रासिद खानले पनि एक—एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण