सार्वजनिक यातायातको भाडा समायोजन हुन सकेन
मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक सवारी साधनको भाडा समायोजन हुन सकेको छैन । बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजनमा ढिलाइ भएको हो ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी साधनको भाडा समायोजन गर्नुपर्ने हुन्छ । तर, मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य घटेको ३ दिन बित्दासमेत सार्वजनिक सवारी साधनको भाडादर भने घट्न सकेको छैन ।
नेपाल आयल निगमले गत असोज २८ गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । जस अनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र पेट्रोल ११ रुपैयाँले घटेको छ । मूल्य घटेसँगै हाल पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।
मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलका अनुसार नियमावली अनुसार पेट्रोलियम पदार्थको मूल्यमा ५ प्रतिशत भन्दा बढी मात्रा फरक पर्न गएको खण्डमा मात्र भाडा समायोजन हुने गरेको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तन ५ प्रतिशत नभएकाले भाडा समायोजन नगरिएको उनले बताए ।
‘पछिल्लो समय एक पटक पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि भाडा समायोजन गरिएन र अहिले घट्दा पनि समायोजन गरिएन । बढ्दा पनि ५ प्रतिशतभन्दा कम बढेको र घट्दा पनि ५ प्रतिशत नपुगेकाले नियमावली अनुसार भाडा समायोजन नगरिएको हो,’ उनले भने ।
उनले भने झैँ पेट्रोलियम पदार्थको मूल्यमा ५ प्रतिशत नै थप घट हुनु पर्ने व्यवस्था भने नियमावलीमा गरिएको छैन । नियमावलीको नियम ५ मा भाडा समायोजनका आधारहरूको व्यवस्था अन्तर्गत उपनियम (च)मा इन्धन, ब्याट्री टायर, लुब्रिकेन्ट, पाटपुर्जाको प्रचलित मूल्यमा थपघट भएमा भाडा समायोजन गर्नुपर्ने भनिएको छ । नियमावलीको कुनै पनि बुँदामा ५ प्रतिशतको प्रावधान नै उल्लेख गरिएको छैन ।
मन्त्रालयले भाडा निर्धारण तथा समायोजन सिफारिस समितिको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सहमतिमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमद्वारा भाडा भुक्तानी नियमावलीमा रहेको छ ।
मन्त्रालयले गत भदौयता सवारी साधनको भाडा समायोजन गरेको छैन । मन्त्रालयले गत भदै ७ मा भाडा समायोजन गरेको थियो । भदौ ४ गते बसेको मन्त्रीस्तरको निर्णय अनुसार मन्त्रालयले ७ गतेदेखि भाडा समायोजन गरेको थियो । मन्त्रालयले त्यस अघि साउन ११ गते समायोजन गरेको भाडा दरमा बढाएर नयाँ भाडा दर जारी गरेको थियो ।
जसअनुसार काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनको हकमा ५ किलोमिटर सम्म १८ रुपैयाँबाट बढाएर १९ रुपैयाँ कायम गरेको थियो भने १० किलोमिटर सम्म २४ रुपैयाँबाट बढाएर २६ रुपैयाँ, १५ किलोमिटरसम्म ३१ रुपैयाँ, २० किलोमिटरसम्म ३२ रुपैयाँबाट बढाएर ३५ रुपैयाँ, २० भन्दा माथि ३७ रुपैयाँबाट बढाएर ४० रुपैयाँ कायम गरेको थियो ।
काठमाडौँ उपत्यकाभन्दा बाहिरको हकमा ५.३१ प्रतिशतका दरले वृद्धि गरेर लागु गरिएको थियो । मालवाहक सवारीको हकमा साबिकको दरमा प्रतिटन ७.७७ प्रतिशतले वृद्धि गरिएको थियो । काठमाडौँ उपत्यकामा सञ्चालन हुने ट्याक्सीको हकमा सुरु मूल्य ५२ रुपैयाँ कायम गरी प्रति २०० मिटर १० रुपैयाँबाट बढाएर १०.३४ रुपैयाँ कायम गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण