सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि सहकारीलाई पूर्वमन्त्री श्रेष्ठको सुझाव : विपन्न महिलालाई आय आर्जनसँग जोडौं

बुधबार, ०१ कात्तिक २०८०, २२ : ५८
बुधबार, ०१ कात्तिक २०८०

बारा । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले  साना किसान कृषि सहकारीहरुले  ग्रामीण भेगका गरिब, विपन्न र दलित महिलाहरुलाई आयआर्जनसँग जोड्ने गरी काम गर्न  सुझाव दिएका छन् ।

हिन्दुहरुको महान् पर्व बिजया दशमीको उपलक्ष्यमा साना किसान कृषि सहकारी संस्था लि.सिमराले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले कृषि सहकारीहरुले गाउँ गाउँमा पुगेर गरिब, विपन्न, दलित समुदायका महिलाहरुलाई समूह बनाएर आयमुलक कार्यमा जोडन सञ्चालक समितिलाई सुझाव दिएका हुन् ।

‘कोही महिला दिदी बहिनीहरु तरकारी खेती, दुध डेरीमा लाग्नुभएको छ भने अनुदानका कार्यक्रममार्फत उहाँहरुलाई आयआर्जन जोड्नुभयो भने संस्थाप्रति अझ धरै माया र विश्वासको वातावरण बन्दछ, त्यसका लागि म सहयोग गर्न तयार छु’ पूर्व मन्त्री श्रेष्ठले भने, ‘महिला दिदी बहिनीहरु सहकारी संस्थालाई माथि पुर्याउन कस्सिएर लाग्नुभएको छ, तपाईहरुलाई आयआर्जनको माध्यमबाट आर्थिक रुपमा बलियो मेरो व्यक्तीगत तर्फबाट, पार्टीको तर्फबाट, संघीय सांसदको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ 

संघीय सांसद श्रेष्ठ साना किसान कृषि सहकारी संस्था सिमराका सल्लाहकार समिति संयोजक समेत हुन् । श्रेष्ठको पहलमा साना किसान कृषि सहकारी संस्थाले मधेश प्रदेश सरकारबाट नयाँ कार्यलय भवन र गोदाम घर निर्माणका लागि ६५ लाख आर्थिक सहयोग पाएको छ ।  उनले यसवर्ष वार्षिक साधारण सभामार्फत संस्थाले सेयर सदस्यहरुलाई बाँडेको १४ प्रतिशत लाभांश अगामी वर्षमा १८ देखि २० प्रतिशत सम्म  पुर्याउने र कानुनले मिल्नेसम्म उच्चतम् लाभाशं बाँडने गरी काम सुझाव दिएका छन् । 

करिब २ हजार सेयर सदस्य संख्या रहेको साना किसान कृषि सहकारी संस्था सिमराले ७ सय ऋणी सदस्यहरुका लागि १८ करोड लगानी गरेको संस्थाकी अध्यक्ष कमलाकुमारी रिमालले जनाएकी छिन् । संस्थाको ५ करोड वचत, १ करोड ८५ लाख सेयरपुँजी रहेको छ ।  

जीतपुर सिमरा उपमहानगरको २४ वटा वडाहरुलाई कार्यक्षेत्र बनाएको संस्थाले हालसम्म २२ वटा वडामा पुगेर कृषि, पशुपालन, मासुजन्य क्षेत्रमा लगानी गरेको छ । साथै कार्यालय बजार क्षेत्रमा संस्था भएकोले व्यापार, व्यवसाय, सदस्यहरुका छोराछोरीलाई वैदेशिक रोजगारीमा पठाउन पनि संस्थाले लगानी गरेको अध्यक्ष रिमालले जनाएकी छिन् ।  उनल पछिल्लो समय सहकारी संस्था सञ्चालनमा धेरै चुनौती छ थपिएको गुनासो गरेकी छिन् । 

‘सेयर सदस्यहरुले ऋण लिएर जिम्मेवारीपूर्वक तिर्न नखोज्ने प्रवृत्ति अहिले बढ्दै गएको छ’ रिमालले भनिन्, ‘आर्थिक मन्दीले समस्यामा परेका सेयर सदस्यहरु भन्दा पनि सम्पन्न सेयर सदस्यहरुले ऋण माफी हुन्छ भन्ने गलत अफवाह फैलाएर असुलीमा समस्या भएको छ, संस्था चलाउन हामीले पनि बाह्रय संस्थाबाट ऋण ल्याएको हुन्छौ त्यो ऋण समयमै बुझाउन सकिएन भने संस्था पनि आर्थिक जोखिममा पर्छ ।’ 

साना किसान कृषि सहकरी संस्था सिमराले गत आर्थिक वर्षको असार मसान्तमा शतप्रतिशत असुली गरेको थियो । तर साउनदेखि अशोजसम्म आईपुग्दा ऋण असुलीमा समस्या भएको अध्यक्ष रिमालले जनाएकी छिन् । आज संस्थाले आफ्नै कार्यालयमा आयोजना गरेको बिजयादशमी शुभकामना आदनप्रदान कार्यक्रममा संस्थाका प्रवन्धक कुलोत्तम पोखरेल सञ्चालन समिति र लेखा समितिका पदाधिकारीहरु सहभागी भएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप