होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिङ गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट पाउनेछन् ।
नजिकिँदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागू हुनेछ । आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन् ।
भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण