युरोपबाट एक्सलाई हटाउने सोचमा मस्क
काठमाडौँ । अमेरिकी खर्बपति व्यापारी तथा माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले एक्सलाई युरोपबाट हटाउने सोच बनाइरहेका छन् ।
युरोपले नयाँ इन्टरनेट कानुन ल्याएपछि मस्कले यतातिर सोच्न लागेका हुन् । एपलाई युरोपबाट हटाउने वा युरोपेली संघ (ईयू)का प्रयोगकर्ताहरूलाई एपमा पहुँच नदिनेबारे उनले छलफल सुरु गरिसकेको भन्दै स्रोतहरूलाई उद्धृत गर्दै इन्साइडरले एएटा समाचार छापेको छ ।
ईयूले अगष्टमा कडा खालको डिजिटल सेवा ऐन लागू गरेको थियो । यो कानुन हानिकारक कन्टेन्टको प्रसारलाई रोक्न, निश्चित खालका प्रयोगकर्ताहरूलाई ताक्ने अभ्यासलाई सीमित बनाउन वा सोमा बन्देज लगाउने लगायत उद्देश्यले ल्याइएको हो ।
यो कानुनले इन्टरनेट कम्पनीहरूलाई तिनका केही आन्तरिक डेटा नियामक र सम्बन्धित अनुसन्धाताहरूलाई उपलब्ध गराउन बाध्य पनि पारेको छ । यसबारे मस्क स्वयम्ले भने केही बताइसकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण