गुगलले भारतमा पिक्सेल फोन बनाउने
नयाँ दिल्ली । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अल्फाबेट इंकको भगिनी कम्पनी गुगलले भारतमा पिक्सेल फोन बनाउने भएको छ । कम्पनीले प्राथमिकतामा रहेको बजार बताउँदै भारतमा उत्पादन थाल्न लागेको हो । आगामी वर्षदेखि पिक्सेल ८ फोनको उत्पादन भारतमै हुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इन्डिया इनिशियटिभअन्तर्गत कम्पनीले यो पहल सुरु गरेको हो ।
गुगलका प्रमुख कार्यकारी अधिकारी (सीईओ) सुन्दर पिचाई र भारती प्रविधि मन्त्री अश्विनी वैष्णवबिच गएको मेमा भेटवार्ता भएको थियो । बजार अनुसन्धानकर्ता कम्पनी काउन्टर प्वाइन्ट रिसर्चको एउटा प्रतिवेदनअनुसार मोबाइल फोन उत्पादनमा भारत अहिले विश्वको दोस्रो ठुलो म्यानुफ्याक्चरिङ हब हो । भारतमा एसेम्बल्ड भएका झन्डै २२ प्रतिशत फोन निर्यात हुने उसको अनुमान छ ।
चालु आवको अप्रिल–अगस्ट अवधिमा भारतबाट साढे ५ अर्ब डलर (४ खर्ब ५० अर्ब रुपैयाँ) बराबरको मोबाइल फोन विदेशी बजारमा गएको सरकारी तथ्याङ्कले देखाएको छ । चालु आवमा१२ खर्ब रुपैयाँ बराबरको मोबाइल फोन निर्यात गर्ने बाटोमा भारत छ । आइफोन निर्माता कम्पनी एप्पलको कदमलाई पछ्याएर गुगल भारत छिरेको हो । एप्पलले यस अघि नै भारतमा आइफोन बनाउन थालिसकेको छ । गएको आवमा कम्पनीले भारतमा ७ अर्ब डलरभन्दा बढीको फोन उत्पादन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण