सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गुगलले भारतमा पिक्सेल फोन बनाउने

बिहीबार, ०२ कात्तिक २०८०, १४ : ०२
बिहीबार, ०२ कात्तिक २०८०

नयाँ दिल्ली । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अल्फाबेट इंकको भगिनी कम्पनी गुगलले भारतमा पिक्सेल फोन बनाउने भएको छ । कम्पनीले प्राथमिकतामा रहेको बजार बताउँदै भारतमा उत्पादन थाल्न लागेको हो । आगामी वर्षदेखि पिक्सेल ८ फोनको उत्पादन भारतमै हुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इन्डिया इनिशियटिभअन्तर्गत कम्पनीले यो पहल सुरु गरेको हो ।

गुगलका प्रमुख कार्यकारी अधिकारी (सीईओ) सुन्दर पिचाई र भारती प्रविधि मन्त्री अश्विनी वैष्णवबिच गएको मेमा भेटवार्ता भएको थियो । बजार अनुसन्धानकर्ता कम्पनी काउन्टर प्वाइन्ट रिसर्चको एउटा प्रतिवेदनअनुसार मोबाइल फोन उत्पादनमा भारत अहिले विश्वको दोस्रो ठुलो म्यानुफ्याक्चरिङ हब हो । भारतमा एसेम्बल्ड भएका झन्डै २२ प्रतिशत फोन निर्यात हुने उसको अनुमान छ ।

चालु आवको अप्रिल–अगस्ट अवधिमा भारतबाट साढे ५ अर्ब डलर (४ खर्ब ५० अर्ब रुपैयाँ) बराबरको मोबाइल फोन विदेशी बजारमा गएको सरकारी तथ्याङ्कले देखाएको छ । चालु आवमा१२ खर्ब रुपैयाँ बराबरको मोबाइल फोन निर्यात गर्ने बाटोमा भारत छ । आइफोन निर्माता कम्पनी एप्पलको कदमलाई पछ्याएर गुगल भारत छिरेको हो । एप्पलले यस अघि नै भारतमा आइफोन बनाउन थालिसकेको छ । गएको आवमा कम्पनीले भारतमा ७ अर्ब डलरभन्दा बढीको फोन उत्पादन गरेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप