फेवातालमा डुंगा चालकको मापसे जाँच

पोखरा । प्रहरीले पोखराको फेवातालमा डुंगा चलाउने चालकहरुको मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच गर्न थालेको छ । केही महिनाअघि लागुऔषध चेक गरेको प्रहरीले अहिले मापसे चेक गर्न थालेको हो ।
डुंगा चालकहरुले मादक पदार्थ सेवन गरेर डुंगा चलाउँदा दुर्घटना हुनसक्ने भन्दै सचेतनाका लागि चेकजाँच गरिएको कास्की प्रहरीले जनाएको छ ।
समय समयमा डुंगा दुर्घटना हुने घटनालाई ध्यानमा राखेर वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो । जाँचमा कसैले पनि मापसे नगरेको अस्थायी ट्राफिक पोष्टका प्रमुख वरिष्ठ नायव निरीक्षक राजकुमार केसीले जानकारी दिए ।
सोही समयमा डुंगामा यात्रा गर्ने यात्रु र चालकले लाइफ ज्याकेट लगाएको वा नलगाएको छड्के चेक पनि गरेको थियो । पछिल्लो समय लाइफ ज्याकेट लगाउने क्रम हट्दै गएको गुनासो आएको छ । मापसे चेकजाँचलाई निरन्तर रुपमा सञ्चालन गरिने प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपति यादव
-
छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना
-
पक्की सडकले सुगम बने पर्वतका ग्रामीण बस्ती
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहाेस् राशिफल