फेवातालमा डुंगा चालकको मापसे जाँच
पोखरा । प्रहरीले पोखराको फेवातालमा डुंगा चलाउने चालकहरुको मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच गर्न थालेको छ । केही महिनाअघि लागुऔषध चेक गरेको प्रहरीले अहिले मापसे चेक गर्न थालेको हो ।
डुंगा चालकहरुले मादक पदार्थ सेवन गरेर डुंगा चलाउँदा दुर्घटना हुनसक्ने भन्दै सचेतनाका लागि चेकजाँच गरिएको कास्की प्रहरीले जनाएको छ ।
समय समयमा डुंगा दुर्घटना हुने घटनालाई ध्यानमा राखेर वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो । जाँचमा कसैले पनि मापसे नगरेको अस्थायी ट्राफिक पोष्टका प्रमुख वरिष्ठ नायव निरीक्षक राजकुमार केसीले जानकारी दिए ।
सोही समयमा डुंगामा यात्रा गर्ने यात्रु र चालकले लाइफ ज्याकेट लगाएको वा नलगाएको छड्के चेक पनि गरेको थियो । पछिल्लो समय लाइफ ज्याकेट लगाउने क्रम हट्दै गएको गुनासो आएको छ । मापसे चेकजाँचलाई निरन्तर रुपमा सञ्चालन गरिने प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण