चीनले आठ हजार डिजिटल कार्यशाला निर्माण गर्ने
शेन्याङ । चीनले हालसम्म करिब आठ हजार डिजिटल कार्यशाला तथा स्मार्ट कारखाना निर्माण गरेको छ । औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार एक खर्ब ६७ अर्ब अमेरिकी डलर भन्दा बढी रहेको एक अनुसन्धानको प्रतिवेदनले देखाएको छ ।
चीनको लियानिङ प्रान्तको राजधानी शेन्याङमा आयोजित सन् २०२३ को ग्लोबल इन्डस्ट्रियल इन्टरनेट कन्फरेन्समा चाइना एकेडेमी अफ इन्डस्ट्रियल इन्टरनेटले औद्योगिक इन्टरनेटको नवप्रवर्तन तथा विकाससम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।
हालसम्म देशभरका ३१ प्रान्तीयस्तरका क्षेत्रले औद्योगिक नेटवर्क विकास नीति तथा कार्ययोजना ल्याएका छन् । एकेडेमी प्रमुख लु चनकोङले फाइभ जी सामुदमयिक नेटवर्क तथ्याङ्क र मानव निर्मित बौद्धिकता जस्ता प्रमुख प्रविधिको अनुसन्धान र विकासका साथै औद्योगिकरणले गति लिइरहेको बताए ।
यसैबीच औद्योगिक नेटवर्कको तथ्याङ्क सुरक्षा गर्नका लागि प्रणालीको लगातार सुधार गरिएको बताइएको छ । एक सयभन्दा बढी विश्वविद्यालय तथा क्याम्पसले औद्योगिक नेटवर्कको सान्दर्भिक मापदण्ड थपेका छन् । लुले सान्दर्भिक तालिम ब्याचको स्थापना गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण