च्याङ्ग्राको विकल्पमा स्थानीय खसीबोका
गलकोट । रू पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन । बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी रू दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ ।
यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ । माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात भएको हो । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट सात हजारको हाराहारीमा भेडाच्याङ्ग्रा बाहिरिएका छन् । बागलुङमा समेत मुस्ताङ्गी च्याङ्ग्रा बिक्रीका लागि ल्याइए पनि थोरै मात्रामा बागलुङ भित्रिएका हुन् । च्याङ्ग्राको मूल्य बढेपछि यहाँका स्थानीयहरुको आकर्षण स्थानीय खसीबोकामा छ ।
दसैँतिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोई साध्य नभएकाले स्थानीय खसीबोकाको जोहो गरेको स्थानीय रणबहादुर कार्कीले बताए । “रू एक हजार एक सय ५० प्रतिकेजीमा स्थानीय खसीको मासु रोजेर पाइन्छ । किन च्याङ्ग्रा चाहियो ? स्थानीय खसीबोका भए पनि दसैँ मनाउन पाए हुन्छ”, उनले भने, “मासुमा आत्मनिर्भर भइसकेको जिल्लामा दसैँको समयमा मात्र आयत हुने च्याङ्ग्रा धेरै पैसा हुनेका लागि हो ।”
खसीको मूल्यभन्दा दोब्बर बढी मूल्य च्याङ्ग्राको मासुको पर्ने भएकाले यहाँका स्थानीयले गाउँगाउँमा उत्पादन गरेका खसीबोका खरिद गरेर दसैँ मनाउ थालेका हुन् । अहिले च्याङ्ग्राको मासुलाई प्रतिकिलो रू दुई हजार पाँच सयमा बिक्री गर्दासमेत नाफा कमाउन मुस्किल हुने बागलुङका मासु व्यापारी बलबहादुर थापाले बताए । उनले च्याङ्ग्रा काटेर बिक्री गर्दा कम नाफा हुने भएपछि प्रतिगोटा रोज्जा च्याङ्ग्रालाई ५० हजारमा बिक्री गर्दै आएका छन् । थापाले एक सय ५१ च्याङ्ग्रा मुस्ताङबाट लिएर बागलुङ बजारमा बिक्री गरिरहेका छन् ।
च्याङ्ग्राको मूल्य निकै महङ्गो भएपछि खसी बोकाको माग उच्च देखिएको स्थानीय बताउँछन् । बागलुङ बजारमा रायडाँडा, ताराखोला, तङ्ग्राम, गलकोट लगायतको क्षेत्रमा उत्पादन भएका खसीबोकाको मासु बिक्री भइरहेको छ । च्याङ्ग्राको मूल्यमा तीनवटासम्म बोका खरिद गर्न सकिन्छ । दसैँमा स्थानीय जातका कुखुरा पनि खपत हुने गरेका छन् ।
च्याङ्ग्राको विकल्पमा खसीबोकाको मासु नै बिक्री गर्न भ्याइनभ्याइ भएको कृष्ण फ्रेस हाउसका सञ्चालक कृष्ण खड्काले बताए । अहिले बागलुङ बजारमा मुस्ताङका च्याङ्ग्रा, रुकुम पश्चिमसम्मका भेडाहरु आएका छन् । उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय भेडा, खसी तथा बोका खोज्न थालेका छन् । यस वर्ष बागलुङमा जम्मा तीन सय च्याङ्ग्रा भित्रिएको हुनसक्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण