सुनचाँदी बजार
सातामा प्रतितोला ५४ सय रुपैयाँ बढ्यो सुनको मूल्य
शनिबार, ०४ कात्तिक २०८०, १३ : ३३
काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा ५ हजार ४०० ले सुनको मूल्य बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुन तोलामा १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १४ हजार ९५० रुपैयाँ कायम छ ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघका अनुसार गत साता चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण