शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
सुनचाँदी बजार

सातामा प्रतितोला ५४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

शनिबार, ०४ कात्तिक २०८०, १३ : ३३
शनिबार, ०४ कात्तिक २०८०

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा ५ हजार ४०० ले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुन तोलामा १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १४ हजार ९५० रुपैयाँ कायम छ ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघका अनुसार गत साता चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँ कायम भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप