सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

वडाको सहयोगमा बेथानचोकमा टोल नै पिच्छे पिङ

शनिबार, ०४ कात्तिक २०८०, २० : ५५
शनिबार, ०४ कात्तिक २०८०

काभ्रे । वडा कार्यालयको सहयोगमा काभ्रे बेथानचोक वडा नं १ का सबै टोलमा लिङ्गे पिङ बनाइएका छन् । वडा कार्यालयबाट पिङ निर्माणका लागि लठारो वितरण गरिए सँगै सबै टोलहरूमा पिङ हालिएका हुन् । 

नेपालीहरूको महान् चाड दसैँ तथा तिहारमा पिङ हाल्ने र खेल्ने प्रचलन छ । यी चाडहरूमा पिङ खेलेर धर्ती छोड्नुपर्ने मान्यता अनुरूप पिङ हाल्ने र खेल्ने गरिए पनि पछिल्ला वर्षहरूमा केही स्थानमा मात्र पिङ देख्न पाइन्थ्यो । 

ping 2

लिङ्गे पिङ रोटे पिङको प्रचलन भए पनि अहिले रोटेपिङ भने देखिन छाडेको छ । सीमित स्थानमा हालिने लिङ्गे पिङ यस वर्ष भने सबै टोलमा निर्माण भएका हुन् । युवाहरू सहर केन्द्रित भएको र पिङ हाल्नका लागि आवश्यक बाबियोको अभाव हुँदा सीमित स्थानमा मात्र पिङ हाल्ने गरिए पनि यस वर्ष वडा कार्यालयले सहयोग उपलब्ध गराए सँगै सबै टोलमा पिङ हालिएको छ । 

‘परम्पराले निरन्तरता पाओस्, संस्कृतिको जगेर्ना होस, गाउँघरमा दसैँको रौनकता छाओस् भनेर नै लठारो वितरण गरिएको हो ।’ वडा अध्यक्ष मधुसूदन तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार वडा कार्यलयको कुल २२ हजारको लागतमा पिङको लठारो वितरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप