वडाको सहयोगमा बेथानचोकमा टोल नै पिच्छे पिङ
काभ्रे । वडा कार्यालयको सहयोगमा काभ्रे बेथानचोक वडा नं १ का सबै टोलमा लिङ्गे पिङ बनाइएका छन् । वडा कार्यालयबाट पिङ निर्माणका लागि लठारो वितरण गरिए सँगै सबै टोलहरूमा पिङ हालिएका हुन् ।
नेपालीहरूको महान् चाड दसैँ तथा तिहारमा पिङ हाल्ने र खेल्ने प्रचलन छ । यी चाडहरूमा पिङ खेलेर धर्ती छोड्नुपर्ने मान्यता अनुरूप पिङ हाल्ने र खेल्ने गरिए पनि पछिल्ला वर्षहरूमा केही स्थानमा मात्र पिङ देख्न पाइन्थ्यो ।

लिङ्गे पिङ रोटे पिङको प्रचलन भए पनि अहिले रोटेपिङ भने देखिन छाडेको छ । सीमित स्थानमा हालिने लिङ्गे पिङ यस वर्ष भने सबै टोलमा निर्माण भएका हुन् । युवाहरू सहर केन्द्रित भएको र पिङ हाल्नका लागि आवश्यक बाबियोको अभाव हुँदा सीमित स्थानमा मात्र पिङ हाल्ने गरिए पनि यस वर्ष वडा कार्यालयले सहयोग उपलब्ध गराए सँगै सबै टोलमा पिङ हालिएको छ ।
‘परम्पराले निरन्तरता पाओस्, संस्कृतिको जगेर्ना होस, गाउँघरमा दसैँको रौनकता छाओस् भनेर नै लठारो वितरण गरिएको हो ।’ वडा अध्यक्ष मधुसूदन तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार वडा कार्यलयको कुल २२ हजारको लागतमा पिङको लठारो वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण