बचतकर्तालाई दिएको चेक नसाटिएपछि पोखराबाट सहकारीका अध्यक्ष पक्राउ
पोखरा । बचतकर्तालाई दिइएको चेक पटक पटक नसाटिएपछि पोखरा स्थित मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेल पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुर मुद्दामा शनिबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
सहकारीका अध्यक्ष पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी विरुद्ध बचतकर्ताले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन कुमार थापाले जानकारी दिए ।
बचतकर्ता सरस्वती सिग्देलले १४ लाख ७२ हजार रुपैयाँको चेक नसाटिएपछि प्रहरीमा उजुरी दिएकी हुन् । मित्र मिलनका बचतकर्ताले लामो समयदेखि जम्मा गरेको रकम फिर्ता नपाएपछि आजित भएका छन् । पौडेल र अधिकारी अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
अहिले पोखराका धेरै सहकारीहरूमा आर्थिक अपचलन बढ्दो छ । सहकारीका सञ्चालकहरूले नै रकम हिनामिना गर्ने र बचतकर्तालाई फिर्ता नदिने समस्या धेरै सहकारीमा छन् । इमेज र शिव शिखर सहकारी विरुद्ध हजारौँ बचतकर्ताले उजुरी दिएर प्रहरीले केहीलाई पक्राउ गरिसकेको छ ।
मित्रमिलन विरुद्ध औपचारिक उजुरी नपरे पनि गुनासो अधिक छ । अध्यक्ष नै पक्राउ परेपछि झनै समस्या हुन सक्ने भन्दै बचतकर्ताहरू चिन्तित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण