एसियाली पारा खेलकुद : टेबलटेनिसमा नेपाली खेलाडी पराजित
काठमाडौँ । चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबलटेनिसमा आइतबार नेपाली खेलाडी पराजित भएका छन् । २ पुरुष र १ महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै खेलाडी पराजित भएका हुन् ।
तीनै खेलाडी समान ३–० को नतिजामा चीनका खेलाडीसँग पराजित भए । जीएसपी जिम्न्याजियमा भएको पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ को खेलमा चिङयुवान गुओले नेपालका डिगमसिंह चेम्जोङलाई ११–७, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा चिङ झाइले नेपालका केशव थापालाई सीधा सेटमा ११–८, ११–८ र ११–४ ले हराए ।महिला सिंगल्स क्लास ४ को समूह ‘डी’ मा चियाडन गुले नेपालकी लाली तामाङलाई ११–३, ११–४ र ११–५ को सोझो सेटमा पन्छाइन् ।
नेपाली खेलाडीले शुक्रबार विभिन्न ४ खेलमा प्रतिस्पर्धा गर्ने छन् । आर्चरी, ब्याडमिन्टन, पावर लिफ्टिङ र टेबलटेनिसमा प्रतिस्पर्धा गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण