बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कृत्रिम बौद्धिकताले मानवता ध्वस्त बनाउने सम्भावना एक चौथाई

सोमबार, ०६ कात्तिक २०८०, १२ : ११
सोमबार, ०६ कात्तिक २०८०

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई)ले मानवताको नामो निशान मेटाउने सम्भावना एक चौथाई भएको चेतावनी दिइएको छ । एआई अनुसन्धाता कम्पनी एन्थ्रोपिकका हाकिम दारियो आमोदेईले लोगन बार्टलेट शो पोडकाष्टमा यस्तो बताएका हुन् ।

यो प्रविधि स्वयम् दुष्ट बन्ने वा मानवको हातमा दुरुपयोग भएर विश्व ध्वस्त बनाउन सक्ने उनको भनाइ छ । मानव सभ्यतामा यसको भयावह असर देखिने सम्भावना १० देखि २५ प्रतिशतसम्म भएको उनी बताउँछन् ।

नकारात्मक पक्षहरुलाई टार्न सकियो भने चाँहि यो वरदान साबित हुन सक्ने उनको भनाई छ । एआईको सहायताले क्यान्सरको उपचार गर्न सकिने, मानवको औसत आयु बढाउन सकिने, मानसिक रोग जस्ता समस्याहरुको समाधान गर्न सक्ने लगायत अनेकौं काम गर्न सकिनेमा उनले जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप