रोहित शर्माले विश्वकपमा बनाए नयाँ कीर्तिमान, यो रेकर्ड बनाउने पहिलो भारतीय
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले जारी एकदिवसीय विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । भारतले आइतबार धर्मशालामा न्युजिल्याण्डविरुद्धको खेलमा रोहित शर्माले कीर्तिमान बनाएका छन् ।
रोहित एक क्यालेन्डर वर्षमा ५० ओडीआई छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । अहिलेसम्म जम्मा तीन खेलाडीले यो गर्न सकेका छन् ।
रोहितभन्दा अगाडि दक्षिण अफ्रिकाका एबी डिभिलियर्स र वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले मात्र एक क्यालेन्डर वर्षमा ५० वा सोभन्दा बढी छक्का प्रहार गरेका छन् ।
रोहितले आइतबार दोस्रो ओभरमा न्यूजिल्याण्डका फास्ट बलर म्याट हेनरीलाई छक्का प्रहार गर्दै यो उपलब्धि हासिल गरेका हुन् । योसँगै रोहित शर्माको टोलीले धर्मशालामा भएको विश्वकप २०२३ को खेलमा न्युजिल्याण्डलाई चार विकेटले पराजित गरेको थियो । भारतले २० वर्षपछि आईसीसी प्रतियोगितामा न्युजिल्यान्डलाई पराजित गरेको छ ।
यस प्रतियोगितामा भारतीय टोलीको यो लगातार पाँचौं जित थियो। योसँगै भारत अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण