गाजा द्वन्द्व शुरु भएदेखि २९ जना कर्मचारी मारिए
सोमबार, ०६ कात्तिक २०८०, १७ : १६
प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देखिका हिंसामा उनीहरू मारिएको बताइएको छ ।'हामी स्तब्ध छौं , शोकमा छौां । २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ' राष्ट्रसंघ एजेन्सीले जनाएको छ । यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपील गरेका छन् ।
यता इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ । टाइम्स अफ इजरायलका अनुसार कसैले बाबु आमा गुमाएका छन्, कसैका अभिभावक बन्दी बनेका छन् भने, कसैका बेपत्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण