उमेर बढ्दै गएपछि महिलालाई तौल घटाउन किन मुस्किल हुन्छ ?

काठमाडौं । उमेर बढ्दै गएसँगै महिलाहरूलाई आफ्नो तौल घटाउन मुस्किल हुन्छ । तर यस्तो किन हुन्छ ? तपाईँले कहिले जान्ने कोसिस गर्नु भएको छ ? उमेर बढ्दै जाँदा शरीर, आहार, आनीबानी, निद्रा आदिमा समेत बदलाव आउँछ । यी सबै कुराहरूले वेट लसलाई मुस्किल बनाइदिन्छ ।
हर्मोनमा बदलाव
महिनावारी, गर्भधारण अनि मेनोपज, महिलाको जीवनमा यस्ता कयौँ चरण आउँछ । मेनोपज प्राकृतिक बायोलोजिकल फेज हो । यति बेला महिलाको शरीरमा हर्मोनमा परिवर्तन आउँछ । मेनोपजको बेलामा शरीरमा एस्ट्रोजनको स्तर घट्छ । यसले गर्दा पनि शरीरमा बोसोको मात्रा बढ्छ ।
मेटाबलिजम सुस्त हुनुः
उमेर बढेसँगै मेटाबलिजम कम हुन सामान्य नै हो । ३० वर्ष उमेर कटेपछि नै मेटाबलिजम सुस्ताउन थाल्छ । खानपान सही छैन र नियमित रूपमा व्यायाम गर्नु हुन्न भने यसले तौल बढाउने निश्चित छ । यसरी बढेको तौल घटाउन निकै गाह्रो हुन्छ ।
स्लीप प्याटर्नः जसो जसो उमेर बढ्दै जान्छ निद्रामा समस्या देखिन थाल्छ । रातभरमा ५ ६ घन्टाको निद्रा पुर्याउन नै निकै कसरत गर्नु पर्ने हुन्छ । निद्रा राम्ररी पूरा नहुँदा पनि तौल बढ्न थाल्छ ।
खराब जीवनशैलीः
उमेर बढ्दै जाँदा लाइफस्टाइल कम एक्टिभ हुन थाल्छ । शरीरमा एनर्जी स्तर स्लो हुन्छ । दैनिकी सक्रिय नहुँदा पनि तौल बढ्न सक्छ । यति बेला तौल कम गर्न वा तौललाई नियन्त्रित राख्न सक्रिय जीवनशैली अपनाउनु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?