उमेर बढ्दै गएपछि महिलालाई तौल घटाउन किन मुस्किल हुन्छ ?
काठमाडौं । उमेर बढ्दै गएसँगै महिलाहरूलाई आफ्नो तौल घटाउन मुस्किल हुन्छ । तर यस्तो किन हुन्छ ? तपाईँले कहिले जान्ने कोसिस गर्नु भएको छ ? उमेर बढ्दै जाँदा शरीर, आहार, आनीबानी, निद्रा आदिमा समेत बदलाव आउँछ । यी सबै कुराहरूले वेट लसलाई मुस्किल बनाइदिन्छ ।
हर्मोनमा बदलाव
महिनावारी, गर्भधारण अनि मेनोपज, महिलाको जीवनमा यस्ता कयौँ चरण आउँछ । मेनोपज प्राकृतिक बायोलोजिकल फेज हो । यति बेला महिलाको शरीरमा हर्मोनमा परिवर्तन आउँछ । मेनोपजको बेलामा शरीरमा एस्ट्रोजनको स्तर घट्छ । यसले गर्दा पनि शरीरमा बोसोको मात्रा बढ्छ ।
मेटाबलिजम सुस्त हुनुः
उमेर बढेसँगै मेटाबलिजम कम हुन सामान्य नै हो । ३० वर्ष उमेर कटेपछि नै मेटाबलिजम सुस्ताउन थाल्छ । खानपान सही छैन र नियमित रूपमा व्यायाम गर्नु हुन्न भने यसले तौल बढाउने निश्चित छ । यसरी बढेको तौल घटाउन निकै गाह्रो हुन्छ ।
स्लीप प्याटर्नः जसो जसो उमेर बढ्दै जान्छ निद्रामा समस्या देखिन थाल्छ । रातभरमा ५ ६ घन्टाको निद्रा पुर्याउन नै निकै कसरत गर्नु पर्ने हुन्छ । निद्रा राम्ररी पूरा नहुँदा पनि तौल बढ्न थाल्छ ।
खराब जीवनशैलीः
उमेर बढ्दै जाँदा लाइफस्टाइल कम एक्टिभ हुन थाल्छ । शरीरमा एनर्जी स्तर स्लो हुन्छ । दैनिकी सक्रिय नहुँदा पनि तौल बढ्न सक्छ । यति बेला तौल कम गर्न वा तौललाई नियन्त्रित राख्न सक्रिय जीवनशैली अपनाउनु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण