विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक : प्रदेश प्रमुख गुरुङ
मङ्गलबार, ०७ कात्तिक २०८०, ०७ : ४२
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताएका छन् । विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उनले असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा मनाइने विजयादशमी पर्वको विशेष महत्त्व रहेको उल्लेख गरेका हुन् ।
सन्देशमा यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकको अन्त्यसँगै व्याप्त अनेक असत्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । यसैगरी सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित सबैको सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण