राष्ट्रसंघका महासचिवले भने– इजरायलमा हमासको हमला ‘अकारण’ थिएन
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनी गुटेरेसले मङ्गलबार इजरायल–हमास द्वन्द्वबारे कडा टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले अक्टोबर ७ मा हमासले गरेको हमला कुनै ‘वैक्यूममा’ अर्थात् ‘अचानक’ नभएको बताएका छन् ।
उनले भने, 'प्यालेस्टिनी जनताले विगत ५६ वर्षदेखि दमनकारी कब्जाको उत्पीडन भोग्दै आएका छन्। तिनीहरूले आफ्नो भूमि बिस्तारै (इजरायली) बस्ती र हिंसाको चपेटामा परेको देखेका छन्। उनीहरुको अर्थतन्त्र ध्वस्त भयो । तिनीहरूका मानिसहरू विस्थापित भए र तिनीहरूका घरहरू ध्वस्त भए। उनीहरुको पीडाको राजनीतिक समाधानको आशा क्षीण हुँदै गयो ।’
तर उनले यो पनि भने कि 'हमास' को भयानक आक्रमण प्यालेस्टिनी जनताको गुनासोद्वारा जायज हुन सक्दैन, न त प्यालेस्टिनी जनताले पाएको सजाय द्वारा जायज हुन सक्छ।यस बयानपछि संयुक्त राष्ट्रका लागि इजरायली राजदूत गिलाड एर्डनले गुटेरेसको राजीनामा माग गरेका छन् ।
यसैबिच, हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गाजामा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ।
यो द्वन्द्वका क्रममा २४ घण्टाको अवधिमा मृत्यु हुनेको सबैभन्दा धेरै संख्या हो । योसँगै हालसम्म यस द्वन्द्वमा इजरायली बमबारीबाट गाजामा ज्यान गुमाउनेको संख्या ५७०० नाघेको छ । योसँगै इजरायलमा यो द्वन्द्वका कारण १४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण