राष्ट्रसंघका महासचिवले भने– इजरायलमा हमासको हमला ‘अकारण’ थिएन

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनी गुटेरेसले मङ्गलबार इजरायल–हमास द्वन्द्वबारे कडा टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले अक्टोबर ७ मा हमासले गरेको हमला कुनै ‘वैक्यूममा’ अर्थात् ‘अचानक’ नभएको बताएका छन् ।
उनले भने, 'प्यालेस्टिनी जनताले विगत ५६ वर्षदेखि दमनकारी कब्जाको उत्पीडन भोग्दै आएका छन्। तिनीहरूले आफ्नो भूमि बिस्तारै (इजरायली) बस्ती र हिंसाको चपेटामा परेको देखेका छन्। उनीहरुको अर्थतन्त्र ध्वस्त भयो । तिनीहरूका मानिसहरू विस्थापित भए र तिनीहरूका घरहरू ध्वस्त भए। उनीहरुको पीडाको राजनीतिक समाधानको आशा क्षीण हुँदै गयो ।’
तर उनले यो पनि भने कि 'हमास' को भयानक आक्रमण प्यालेस्टिनी जनताको गुनासोद्वारा जायज हुन सक्दैन, न त प्यालेस्टिनी जनताले पाएको सजाय द्वारा जायज हुन सक्छ।यस बयानपछि संयुक्त राष्ट्रका लागि इजरायली राजदूत गिलाड एर्डनले गुटेरेसको राजीनामा माग गरेका छन् ।
यसैबिच, हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गाजामा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ।
यो द्वन्द्वका क्रममा २४ घण्टाको अवधिमा मृत्यु हुनेको सबैभन्दा धेरै संख्या हो । योसँगै हालसम्म यस द्वन्द्वमा इजरायली बमबारीबाट गाजामा ज्यान गुमाउनेको संख्या ५७०० नाघेको छ । योसँगै इजरायलमा यो द्वन्द्वका कारण १४ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?