सात गोलको थ्रिलरमा रोनाल्डोको दुई गोल
रियाद । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल नासरले अल दुहाइलविरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गरेको छ । एएफसी च्याम्पियन्स लिगको समूह ईमा रहेको अल नासरको यो लगातार तेस्रो जीत हो ।
खेलको २५ औँ मिनेटमा टालिस्काले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा साडियो मानेले टोलीको अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा रोनाल्डोले टोलीको तेस्रो गोल थपे
तर, ४ मिनेटको अन्तरमा अल दुहाइलले दुई गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । ६३ औँ मिनेटमा इस्माइल मोहमद र ६७ औँ मिनेटमा अलमोइज अलीले टोलीका लागि गोल गरे ।
८१ औँ मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै टोलीलाई पुनः दुई गोलको अग्रता दिलाए । ८५ औँ मिनेटमा माइकल ओलुंगाले अल दुहाइलका लागि तेस्रो गोल गरे । त्यसपछि भने कुनै गोल हुन सकेन र अल नासरले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । जीतपछि ९ अंकसहित टोली समूहको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण