सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सात गोलको थ्रिलरमा रोनाल्डोको दुई गोल

बुधबार, ०८ कात्तिक २०८०, ०९ : ४५
बुधबार, ०८ कात्तिक २०८०

रियाद । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल नासरले अल दुहाइलविरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गरेको छ । एएफसी च्याम्पियन्स लिगको समूह ईमा रहेको अल नासरको यो लगातार तेस्रो जीत हो ।

खेलको २५ औँ मिनेटमा टालिस्काले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा साडियो मानेले टोलीको अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा रोनाल्डोले टोलीको तेस्रो गोल थपे

 तर, ४ मिनेटको अन्तरमा अल दुहाइलले दुई गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । ६३ औँ मिनेटमा इस्माइल मोहमद र ६७ औँ मिनेटमा अलमोइज अलीले टोलीका लागि गोल गरे ।

८१ औँ मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै टोलीलाई पुनः दुई गोलको अग्रता दिलाए । ८५ औँ मिनेटमा माइकल ओलुंगाले अल दुहाइलका लागि तेस्रो गोल गरे । त्यसपछि भने कुनै गोल हुन सकेन र अल नासरले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । जीतपछि ९ अंकसहित टोली समूहको शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप