गाजामा इजरायली हमलामा मंगलबार ७०० जनाभन्दा बढी मारिएको दाबी
काठमाडौँ । गाजा क्षेत्रमा मंगलबार इजरायली आक्रमणमा ७०० जनाभन्दा बढी नागरिक मारिएको स्थानीय स्वास्थ्य अधिकारीले दाबी गरेका छन् ।
गाजामा मानवीय मामिला समन्वय सम्बन्धी संयुक्त राष्ट्रको कार्यालयले जनाएअनुसार इजरायल–हमास संघर्षमा एकै दिन मारिएको यो सबैभन्दा धेरै परिमाण हो । यद्यपि मृतकको संख्याबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
७ अक्टोबरका दिन हमासले इजरायलमाथि हमला गरेको थियो, जसमा एक हजार ४०० भन्दा बढी इजरायलीको मृत्यु भएको थियो । उक्त हमलापछि इजरायलले लगातार गाजा क्षेत्रमा सैन्य कारबाही गर्दै आएको छ ।
विश्वका विभिन्न मुलुकले यो संघर्ष अन्त्यका लागि प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी युवराज मोहम्मद बिन सलमानसँग फोनवार्ता गरेका छन् ।
ह्वाइट हाउसका अनुसार दुवै नेता संघर्ष फैलिनबाट रोक्नुपर्ने पक्षमा सहमत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण