प्रहरी जवानले गरे गोली हानी आत्महत्या
बुधबार, ०८ कात्तिक २०८०, १३ : ४७
इनरुवा । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण