बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
अखिल क्रान्तिकारीको २३ औँ सम्मेलन

प्रतिनिधि सबै निर्वाचन प्रक्रियाबाट आउने हो, कोही तरङ्गित हुन जरुरी छैन : हिमाल शर्मा

बिहीबार, ०९ कात्तिक २०८०, ११ : ३८
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माले २३ औँ राष्ट्रिय सम्मेलनका प्रतिनिधि तल्लो तहबाट नै निर्वाचन प्रक्रियामार्फत आउने निर्णय भएकाले आयोजक कमिटीबारे बहन नगर्न आग्रह गरेका छन् । बुधबार अखिल क्रान्तिकारीले विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी ९९९ सदस्यीय आयोजक कमिटीमा रूपान्तरण गरिएको जानकारी परिपत्रमार्फत गराएको थियो । उनले आयोजक कमिटी तहगत विस्तार भएकाले असन्तुष्ट हुनुपर्ने अवस्था नभएको शर्माले जिकिर गरे ।   

‘आयोजक समितिमा रहेका सबै जना आगामी राष्ट्रिय सम्मेलनमा तलैबाट प्रतिनिधि चुनिएर आउनु पर्ने निर्णय असोज १९ गते क्रान्तिकारीको केन्द्रीय समितिले निर्णय गरिसकेको छ । कमिटी ठुलो वा सानो भयो भनेर बहस गर्न आवश्यक छैन । अझै कतिपय साथीहरूबारे छलफल जारी छ । सम्भवतः विशेष निर्णय लिनुपर्ने हुन सक्छ । कोही कतै तरङ्गित बन्नु भन्दा सकारात्मक सोचका साथ एकताबद्ध संगठनलाई थप सुदृढ बनाउने अभियानमा जुटौँ’, रातोपाटीसँग शर्माले भने । 

साउनको तेस्रो साता काठमाडौँमा बसेको माओवादी केन्द्रीय समिति बैठकले शर्मालाई संगठनको इन्चार्ज बनाएपछि संगठनको विवाद मिलाउन पहल गरेका थिए । भदौ २५ गते प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष प्रचण्डको रोहबरमा दुवै पक्षलाई समेटेर ८ बुँदे सहमति गरेको थियो । सोही आधारमा टेकेर क्रान्तिकारीको केन्द्रीय समिति बैठकले पवन समूहलाई यसअघिकै जिम्मेवारी दिने गरी आयोजक समिति बनाउने निर्णय गरेको थियो । नेतृत्वप्रति असन्तुष्ट जनाउँदै पवन समूहले २२ औँ राष्ट्रिय सम्मेलन बहिस्कार गरेको थियो । 

यस्तो छ मापदण्ड

जसमा २२ औँ सम्मेलनको प्रतिनिधि मध्येबाट केन्द्रीय समितिमा मनोनीत गर्ने,२२ औँ सम्मेलनअघि निर्वाचित जिल्ला अध्यक्ष, ठुला क्याम्पसका अध्यक्ष, प्रदेश पदाधिकारी, राष्ट्रिय कमिटीका पदाधिकारी छन् ।  यस्तै सात वटा भौगोलिक प्रदेश, उपत्यका विशेष र विश्वविद्यालय कमाण्डबाट ५ जना समावेशी सहित प्रत्येक प्रदेशबाट १५र१५ जना रहने छन् । 

केन्द्रीय मापदण्डअनुसार केन्द्रीय सदस्य सिफारिस गर्दा भौगोलिक प्रदेशले प्रदेश पार्टीको रोहबरमा, संगठनको विशेष प्रदेश र विश्वविद्यालय कमाण्डले केन्द्रीय कार्यालयको रोहबरमा प्रदेश इन्चार्ज,अध्यक्ष र प्रमुख सचिवसम्मको कार्यालयको निर्णय प्रतिलिपिसहित केन्द्रीय कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । 

यस्तै संगठनको सदस्यता वितरण मङ्सिरसम्म कायम गर्ने निर्णय  भएको छ । महासचिव दीपेश पुनको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । आइतबार साँझसम्म प्रतिवेदन बुझाउन समय दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप