एक्सले ल्यायो अडियो, भिडियो कलिङ सुविधा
बिहीबार, ०९ कात्तिक २०८०, १२ : ४०
वाशिङटन डीसी । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले भिडियो र अडियो कलिङको शुरुआती संस्करण ल्याएको छ । कम्पनीले आफ्ना केही प्रयोगकर्ताका लागि सो फिचर ल्याएको एक्सका प्रमुख प्रविधि अधिकृत तथा मालिक एलन मस्कले बताएका हुन् ।
मस्क एक्सलाई सबै सेवा सुविधा भएको एप अर्थात् सुपर एप बनाउन लागि परेका छन् । एउटा पोस्टमा उनले ‘एक्समा भिडियो र अडियो कलिङको अर्ली भर्सन’लाई फिचरको रूपमा चलाउन सकिने बताएका थिए । एक वर्ष अघि कम्पनी किनेयता कम्पनी र एप दुबैमा मस्कले व्यापक हेरफेर गरिरहेका छन् ।
एपमा एकपछि अर्को गर्दै नयाँ नयाँ फिचरहरू थप भइरहेका छन् । ट्विटरलाई एक्सको रूपमा रिब्रान्डिङ गरेपछि मस्क्ले एपलाई सुपर एप बनाउने सङ्केत गरेका थिए । म्यासेजिङ र सामाजिक नेटवर्किङका सेवाहरू थप्नेदेखि भुक्तानी सुविधा समेत दिएका छन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण