बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एक्सले ल्यायो अडियो, भिडियो कलिङ सुविधा

बिहीबार, ०९ कात्तिक २०८०, १२ : ४०
बिहीबार, ०९ कात्तिक २०८०

वाशिङटन डीसी । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले भिडियो र अडियो कलिङको शुरुआती संस्करण ल्याएको छ । कम्पनीले आफ्ना केही प्रयोगकर्ताका लागि सो फिचर ल्याएको एक्सका प्रमुख प्रविधि अधिकृत तथा मालिक एलन मस्कले बताएका हुन् ।

मस्क एक्सलाई सबै सेवा सुविधा भएको एप अर्थात् सुपर एप बनाउन लागि परेका छन् । एउटा पोस्टमा उनले ‘एक्समा भिडियो र अडियो कलिङको अर्ली भर्सन’लाई फिचरको रूपमा चलाउन सकिने बताएका थिए । एक वर्ष अघि कम्पनी किनेयता कम्पनी र एप दुबैमा मस्कले व्यापक हेरफेर गरिरहेका छन् ।

एपमा एकपछि अर्को गर्दै नयाँ नयाँ फिचरहरू थप भइरहेका छन् । ट्विटरलाई एक्सको रूपमा रिब्रान्डिङ गरेपछि मस्क्ले एपलाई सुपर एप बनाउने सङ्केत गरेका थिए । म्यासेजिङ र सामाजिक नेटवर्किङका सेवाहरू थप्नेदेखि भुक्तानी सुविधा समेत दिएका छन् । एजेन्सी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप