अध्यक्ष ओलीले मधेस प्रदेश कमिटी सदस्यहरूलाई शपथ खुवाउने
पर्सा । नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम कार्त्तिक १८ गते वीरगन्जमा हुने भएको छ । प्रदेश सदस्यहरूलाई पूर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल जानकारी दिए ।
कार्यक्रमको व्यववस्थापन एमाले पर्सा जिल्लाले गर्नेछ । मधेस प्रदेश कार्यालयको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । आश्विन २४ देखि २७ गते सम्म चलेको प्रथम अधिवेशनले ५ जना पदाधिकारी सहित २३५ सदसीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू,प्रदेश लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराइनेछ भने केन्द्रीय सदस्यहरू र केन्द्रीय निकायका सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा पर्साबाट पार्टीका जिल्ला कमिटी सदस्यहरू,पालीका कमिटी सदस्यहरू, जन संगठनका सदस्यहरु, प्रदेश तथा जिल्ला कमिटी सदस्यहरू सहित सहभागी गराउने र बाराबाट पनि आवश्यकता अनुसार सहभागी गराउने निर्णय गरिएको सचिव पौडेलले बताए ।
मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देस्वर मण्डलको अध्यक्षतामा र पार्टीका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको सहजीकरण सचिव मनोज पौडेल र स्वागत उपाध्यक्ष बिचारी यादवले गर्नु भएको थियो भने बैठकमा केन्द्रीय सदस्यहरू प्रभु हजरा,अरविन्द सिंह,राजकुमार गुप्ता तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य विजय सरावगी र पर्सा अध्यक्ष डा.विश्वम्भर शर्माको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण