लुकाकुको लगातार १४ औँ खेलमा गोल, रोमाको सहज जीत
रोम । रोमेलु लुकाकुले युरोपा लिगका लगातार १४ औँ खेलमा गोल गर्दा एएस रोमाले चेक क्लब स्लाभिया प्रागलाई २–० गोलले हराएको छ ।
मिडफिल्डर इडोआर्डो बोभले खेलको पहिलो मिनेटमा नै रोमालाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा एल शारावेको पासमा लुकाकुले टोलीका लागि दोस्रो गोल गरे ।
लुकाकुको लगातार १४ खेलमा गोलको शृङ्खला सन् २०१४-१५ सिजनमा एभर्टनबाट सुरु भएको हो । सन् २०१९-२० मा इन्टर मिलानसँग यो शृङ्खला कायम रह्यो भने यो सिजन उनले रोमासँग यसलाई जारी राखेका छन् । युरोपियन क्लब प्रतियोगितामा अन्य कुनै पनि खेलाडीको यति लामो गोलको शृङ्खला रहेको छैन ।
यसअघि क्रिस्टियानो रोनाल्डोले सन् २०१७ जुन ३ देखि २०१८ अप्रिल १ सम्म लगातार ११ वटा च्याम्पियन्स लिगको खेलमा गोल गरेका थिए । युरोपा लिगमा एलन सिएररले सन् २००४ सेप्टेम्बर ३० देखि २००५ अप्रिल ७ सम्म लगातार ८ खेलमा गोल गरेका थिए ।
समूह जीमा रहेको रोमा ३ खेलबाट ९ अंक बटुलेर शीर्ष स्थानमा विराजमान रहेको छ । ६ अंकसहित स्लाभिया प्राग दोस्रो स्थानमा छ । सरभेटे र सेरिफ टिरासपोलको १–१ अंक मात्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण