आपसी सम्बन्धलाई स्वस्थ बनाउन चाहनु हुन्छ ?
काठमाडौँ । एक्लै जीवन कट्दैन भनेर हजुरबुबा हजुरआमाले भनेको त तपाईँले बारम्बार सुन्नु भएको होला । कतै न कतै हो पनि । हरेक व्यक्तिलाई जीवन जिउन एक जना पार्टनर चाहिन्छ ।
यस्तो पार्टनर जसले तपाईँलाई भावनात्मक रूपमा बुझ्न सकोस् । हरेक अप्ठ्यारा सजिलामा साथ देओस्, माया देओस्, भरोसा गरोस् । अनि जोसँग हुँदा तपाईँलाई सुरक्षित अनुभूति होस् । यस्तो व्यक्ति जसको साथमा रहँदा तपाईँलाई खुसी मिलोस् । यी सबै कुरा स्वस्थ सम्बन्धमा हुन्छ ।
तर हरेक स्वस्थ सम्बन्धका लागि पार्टनरबीच एक अर्काको इज्जत र भरोसा हुनुपर्छ । सम्बन्धमा केही सीमा बनाएर राख्न सकियो भने मात्रै यो सम्भव हुन्छ । कुनै पनि सम्बन्धमा सीमाहरू तोकिनु पर्छ, ताकि हरेक पार्टनरले आफ्नो व्यक्तिगत स्पेस महसुस गर्न सकोस्, सुरक्षित अनुभूति होस् । हरेक सम्बन्धमा यी दुवै कुरा जरुरी छ । आज हामी हरेक सम्बन्धमा चाहिने यस्तै केही सीमाहरूबारे कुराकानी गर्न गइरहेका छौँ ।
फिजिकल बाउन्ड्री
एक अर्कालाई माया गर्नुको मतलब जतिबेला पनि सँगै टाँस्सिएर बस्नु पर्छ भन्ने होइन । एक अर्कालाई फिजिकल स्पेस दिन पनि निकै जरुरी छ । साथमा एक अर्काको पर्सनल स्पेस र इच्छाको सम्मान गर्नु पनि उत्तिकै जरुरी हुन्छ । आफ्ना आवश्यकता अनि अप्ठ्याराबारे एक अर्कासँग खुलेर कुराकानी गर्न सक्नु नै सम्बन्ध स्वस्थ हुनुको सङ्केत हो ।
इमोशनल बाउन्ड्री
हरेक व्यक्तिको पृष्ठभूमि, हुर्काईको तरिका र अनुभव फरक हुन्छ । हरेक व्यक्तिमा आफ्ना इमोशन व्यक्त गर्ने तरिका पनि भिन्नाभिन्नै हुन्छ । यस्तोमा एक अर्काको भावना, प्राइभेसी र इमोशनको सम्मान गर्नुहोस् । इमोशनलाई नै ईस्यु बनाएर आपसमा लडाई–झगडा नगर्नुहोला ।
सेक्सुअल बाउन्ड्री
हरेक सम्बन्धमा स्वस्थ अनि सहमतिपूर्ण यौन सीमा हुन जरुरी छ । पार्टनरलाई सुरक्षित महसुस गराउने हो भने खुलेर कुराकानी गर्ने, सहमति अनि विमतिको साथमा सेक्सुअल बाउन्ड्री पनि चाहिन्छ ।
डिजिटल बाउन्ड्री
मानिसहरू शारीरिक रूपमा एक भएपनि इमोशनल वा मानसिक रूपमा अलग हुन भन्ने कुरा हामीले बारम्बार सुनेका छौँ । यसको एउटा कारण डिजिटलीकरण पनि हो । आपसी सम्बन्ध जस्तोसुकै होस् टेक्नोलोजीको प्रयोगबारे पनि केही सीमा तोक्नुहोस् । एक अर्काको डिजिटल स्पेशमा दखल दिने काम राम्रो होइन ।
कम्युनिकेशन बाउन्ड्री
सम्बन्धमा असहज खालको कुराकानीको लागि समेत आफूलाई तयार राख्नुहोस् । पार्टनरसँग अप्ठ्यारो विषय, इमोशन वा परिस्थितिबारे पनि कुराकानी हुन सक्छ । बिना रोकटोक एक अर्काको कुरा सुन्नु होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण