मधेस प्रदेशको समानुपातिक सिटबारे छलफल गर्न जसपाले बोलायो बैठक
शुक्रबार, १० कात्तिक २०८०, १६ : १३
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा कात्तिक १३ गते बैठक बस्ने जसपाले जनाएको छ । मधेस प्रदेशमा जसपाका प्रदेश सभाका समानुपातिक सदस्य बिन्दुकुमार यादवको निधन भएपछि त्यो ठाउँ खाली भएको छ ।
पार्टीको बैठकले खाली भएको ठाउँमा कसलाई पठाउनेबारे छलफल गरी निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी पठाउने पार्टी स्रोतले जनाएको छ ।
निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा बरियताक्रमअनुसार बिन्दुकुमारी यादवपछि संजिला यादवको नाम रहेको छ । सम्भवतः उनकै नाममा सहमति हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण