भेनेजुएलाद्वारा १० टनभन्दा बढी कोकिन बरामद
काराकास । भेनेजुएलामा प्रहरी र सैन्य कारवाहीका क्रममा १० टनभन्दा बढी कोकिन बरामद भएको अधिकारीहरूले बताएका छन् । यो गत वर्ष बराबद गरिएको सबै बरामदको करिब एक चौथाइ बराबर हो ।
“कूल १० हजार चार सय किलोग्राम कोकिन हाइड्रोक्लोराइड बरामद गरेर जलाइएको छ”, मुलुकका लागुऔषध विरोधी एजेन्सीका प्रमुख रिचर्ड लोपेजले सामाजिक सञ्जाल एक्समा भने । कोकिन हाइड्रोक्लोराइडले अवैध औषधिको पाउडरलाई दर्शाउँछ ।
लोपेजका अनुसार भेनेजुएलाले यो वर्ष करिब ५१ टन लागुऔषध बरामद गरिसकेको छ । त्यस्तै यो वर्ष १३ हजारभन्दा बढीलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । प्रहरीले १३ प्रयोगशाला, एक रसद केन्द्र, हतियार र विस्फोटक पदार्थ बनाउने कारखानासहित तीन कोकिन उत्पादन शिविर ध्वस्त पारेको लोपेजले बताए ।
अधिकारीहरूले कोलम्बियाको सीमामा उत्तरपश्चिमी जुलिया राज्यमा तीन दिनसम्म गरेको कारवाहीमा कुनै पनि गिरफ्तारीको सूचना दिएको छैन । उक्त राज्यमा यो वर्ष सबैभन्दा धेरै लागुऔषध बरामद गरिएको छ । लागुऔषध विरोधी एजेन्सीका अनुसार सन् २०२२ मा ४१ टनभन्दा धेरै नशालु पदार्थ बरामद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण